पोखरामा 'न्यानो साँझ', असहाय व्यक्तिहरुलाई कपडा वितरण
पाेखरा | मंसिर २७, २०८०
पोखरा: कलाकारितामा सक्रिय रहदैं आएको सारेगम कला केन्द्रको आयोजना र सुर्योदय कला केन्द्रको सह आयोजनामा न्यायो साँझ सम्पन्न भएको छ ।
असहाय व्यक्तिहरुका लागि न्यानो कपडा वितरण गर्ने उद्देश्यसहित स्पेस डान्स स्टुडियो एण्ड फिट्नेस सेन्टरको व्यवस्थापनमा न्यानो साँझ सम्पन्न गरेको हो ।
सो कार्यक्रममा २० जना बढीलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक सुशिल नेपालीले जानकारी दिए ।

उनका अनुसार सो वडा नम्बर ५ को विशेष सहयोगमा राष्ट्रिय कलाकार राजु परियारले आफ्नो प्रस्तुति दिएका थिए ।
त्यस्तै जय कुमार, तुल्सा जिसि, दिपक थापा, रोहन नेपाली, सुशील नेपाली तथा सुर्योदय कला केन्द्रको साँस्कृतिक प्रस्तुति रहेको थियो भने मालेपाटन ताय मचा नाच समितीले लाखे नृत्य प्रदर्शन गरेको थियो ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

